नियम ४६
निर्धारित समयमा क्षतिपूर्ति रकम बुझाउनु पर्ने
(१) नियम ४५ बमोजिम क्षतिपूर्तिको रकम निर्धारण भएको मितिले तीस दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले क्षतिपूर्तिको रकम सम्बन्धित व्यक्ति वा संस्थालाई बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भित्र क्षतिपूर्तिको रकम बुझाउन नसकेको मनासिव माफिकको कारण जनाई सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले म्याद थपको लागि निवेदन गरेमा र त्यसरी निवेदनमा उल्लेख भएको कारण मनासिव देखिएमा प्रमुख जिल्ला अधिकारीले एक पटकको लागि बढीमा तीस दिनको म्याद थप गरिदिन सक्नेछ ।